भारत। बलिउड अभिनेता आमीर खानले अभिनय गरेका चलचित्रहरुले अक्सर सफलता पाउने गरेको छ। केहि समयदेखि आमिर चलचित्र ‘लाल सिंह चढ्ढा’मा व्यस्त छन्। चलचित्रमा उनीसँगै करिना कपुर र नागा चैतन्य पनि मुख्य भूमिकामा रहेका छन्। यो चलचित्र सन् १९९४को हलिउड चलचित्र ‘फरेस्ट गम्प’को आधिकारिक रिमेक हो। जसमा टम ह्यांक्सको अभिनय रहेको छ।
आमीरले आफ्नो चलचित्रको प्रतिक्रिया लिन लस एन्जल्समा एक कार्यक्रम आयोजना गर्ने भएका छन्। उनीले आफुले निभाएको भूमिका टमलाइ देखाउन चाहन्छन्। उनी टमले उक्त चलचित्र हेरेर प्रतिक्रिया दिउँन् भन्ने चाहन्छन्। तर, टमले चलचित्रको लागि समय दिइसकेका छैनन्।