काठमाडौँ - यु २० साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा बंगलादेश विजयी भएको छ। भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा मिराजुल इस्लामको ह्याट्रिकप्रेरित बंगलादेश माल्दिभ्सलाई ४-१ अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ।
लगातार तेस्रो जित दिलाउन बंगलादेशका लागि इस्लामले ह्याट्रिक गर्दा मोहम्मद राफिकुलले १ गोल गरेका थिए। यता, माल्दिभ्सका जेडन जाफरले सान्त्वना गोल फर्काएका थिए।
जितसँगै ३ खेलबाट ९ अंक जोडेको बंगलादेश तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै, २ खेल खेल्दा पनि अंक विहिन रहेको माल्दिभ्स तालिकाको चौथो स्थानमा रहेको छ।