प्रधानमन्त्री कपः लुम्बिनीसँग पराजित भएसँगै प्रदेश १ बाहिरियो

काठमाडौँ - प्रदेश १ जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ। समूह चरणको आफ्नो अन्तिम खेलमा लुम्बिनी प्रदेशसँग ३९ रनले पराजित हुँदै  प्रतियोगिताबाट बाहिरिएको हो।

२९१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश १ ले ४६ ओभरको समाप्तिमा सबै विकेटको क्षतिाम २५१ रन बनायो। प्रदेश १ का कप्तान सिद्धान्त लोहनीले ६० बलमा १० चौका र दुई छक्का प्रहार गर्दै ७४ रन बनाए पनि टिमलाई जिताउन सकेनन्। त्यस्तै, अंकित सुवेदीले ५२ र निरज मुखियाले ४६ रन बनाएका थिए। बलिङतर्फ लुम्बिनीका दुर्गेश गुप्त, बासिर अहमद र देव खनालले समान २/२ विकेट लिएका थिए।

टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २९० रन बनाएको थियो। लुम्बिनीका लागि कप्तान देव खनाल ८९ रनमा आउट भएका थिए। त्यस्तै, आकाश त्रिपाठीले ४५, सन्दीप रजालीले ४४, विशाल विक्रम केसीले ३२ र कृष्ण कार्कीले ३१ रन बनाए। बलिङतर्फ प्रदेश १ का दीपक जाशीले ४ विकेट लिएका थिए।

यो हारसँगै सेमिफाइनल पुग्ने प्रदेश १ को झिनो आश पनि सकिएको छ। १ खेल बाँकी छँदै नेपाल पुलिस क्लब यो समूह ‘बी’ बाट सेमिफाइनल पुगिसकेको छ। यता, दोस्रो स्थानमा रहेको मधेस प्रदेशको २ खेलबाट शतप्रतिशत जितसहित ४ अंक छ। लुम्बिनी प्रदेशले ४ खेलबाट ४ अंक नै बनाएको छ। चौथो नम्बरमा रहेको प्रदेश १ को ४ खेलबाट २ अंक मात्रै छ। बागमती प्रदेश भने लगातार ३ खेलमा हार व्यहोर्दै १ खेलअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×