उपाधि रक्षा गरिसकेको बायर्न पराजित

काठमाडौं– जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितिसकेको बायर्न म्युनिख पराजित भएको छ। शनिबार राति सम्पन्न खेलमा बायर्नलाई मेइन्जले ३-१ गोल अन्तरले पराजित गरेको हो। खेलको १८औं मिनेटमा जोनाथनले गोल गर्दै मेइन्जलाई सुरुवाती अग्रता दिलाएका थिए। २७औं मिनेटमा मौसाले गोल गर्दै मेइन्जको अग्रता दोब्बर बनाए।

३३औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-१ को स्थितिमा ल्याएका थिए। त्यसपछि ५७औं मिनेटमा लिन्द्रो बारिरोले गोल गर्दै मेइन्ज लाई ३-१ को जित दिलाएका हुन्।

जितसँगै नवौं स्थानमा रहेको  मेइन्ज ३२ खेलमा ४२ अंक जोडेको छ। बायर्न ७५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×