भारत। बलिउड अभिनेत्री तनीषा मुखर्जीलाई कोरोना संक्रमण भएको छ। यो कुराको जानकारी उनले आफ्नो सामाजिक सञ्जालमार्फत दिएकी हुन्। उनले एक पोस्ट गरेकी छिन्,जसमा उनले लेखेकी छिन् "मलाई ‘कोभिड १९’ को संक्रमण भेटिएको छ,अब मैले केही दिन आइसोलेशनमा बस्नुपर्नेछ।" केहि समय देखि बिभिन्न बलिउड मनोरंजनकर्मीलाई कोरोना संक्रमण देखिइरहेको छ। उनी चाडै चलचित्र ‘कोड नेम अब्दुल’ मा देखिदैछिन्।