काठमाडौँ - भारतीय क्रिकेट टीमका कप्तान शिखर धवन फेरि असफल भएका छन्। लामो समयदेखि शतक बनाउने प्रयासमा रहेका धवन फेरि शतक बनाउन ३ रनले चुकेका छन्।
वेस्टन्डिज विरुद्धको एकदिवसीय खेलमा धवनले ९९ बलको सामना गर्दै ९७ रन बनाएका थिए तर अन्तिममा ‘आउट’ भए। धवनलाई बलर गुडाकेश मोतीले ‘क्याच आउट’ गराएका थिए।
कप्तान धवन आफ्नो खेल जीवनको छैठौंपटक ९० रन पूरा गरेपछि आउट भएका छन्। भारतीय खेलाडीमध्ये सचिन तेन्दुलकर यसरी १७ पटक आउट भएका छन्।
धवनले झण्डै ३ वर्षयता एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा शतक बनाउन सकेका छैनन्। धवनले अन्तिम शतक सन् २०१९ मा बनाएका थिए।