सुपर-१२ मा अस्ट्रेलियाको पहिलो जित

काठमाडौँ - अस्ट्रेलियाले ट्वान्टी-२० विश्वकपको मंगलबार भएको खेल जित्दै सुपर-१२ को पहिलो जित हात पारेको छ। ग्रुप-वानको खेलमा अस्ट्रेलियाले श्रीलंकालाई सजिलै ७ विकेटले पराजित गरेको छ।

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया यो चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग हारेपछि दबाबमा रहेको थियो। जितका लागि १ सय ५८ रन पछ्याएको अस्ट्रेलियाले १६.३ ओभर मात्र उपयोग गर्दै ३ विकेट गुमाएर विजयी रन बटुल्यो।

अस्ट्रेलियाका लागि मार्कस स्टोइनसले आक्रामक हुँदै १८ बलमा ५९ रन बनाए र नटआउट रहेका थिए। उनले ४ चौका र ६ छक्का प्रहार गरेका थिए। उनी ‘प्लेयर अफ द म्याच’ पनि रहे। यस्तै एरोन फिन्चले ३१ र ग्लेन म्याक्सवेलले २३ रन बनाएका थिए।

अस्ट्रेलियाले टस जितेर श्रीलंकालाई पहिले ब्याटिङको निम्तो दिएको थियो र यसक्रममा उसले ६ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो। त्यसमा प्रारम्भिक ब्याटर पथुम निसान्काले बनाएको ४० रन नै सबैभन्दा उच्च व्यक्तिगत स्कोर रह्यो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×