तबलावादक भण्डारीको नाममा सङ्गीत प्रतिष्ठान

काठमडौँ - वरिष्ठ तबलावादक अच्चुतराम भण्डारीको नाममा सङ्गीत प्रतिष्ठान स्थापना भएको छ। वरिष्ठ गीतकार तथा निर्देशक यादव खरेलले अच्चुतराम भण्डारी सङ्गीत प्रतिष्ठानको एक समारोहबीच शनिबार उद्घाटन गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका खरेलले अच्चुतराम भण्डारी सङ्गीत प्रतिष्ठानले गीत-सङ्गीतको महत्त्वपूर्ण वाद्यवादन तबला र तालको महत्त्वलाई अझ प्रभावकारी ढङ्गले आम सङ्गीत पारखीसम्म पुर्याउनका लागि महत्त्वपूर्ण कार्य गर्ने बताएका छन्। 

उहाँले वाद्यवादनमध्ये तबला निकै कठिन वाद्यवादन भएकाले तबला वाद्यवादक उत्पादन गर्नका लागि प्रतिष्ठानले प्रशिक्षण सञ्चालन गरिरहेकोमा खुसी व्यक्त गर्दै प्रतिष्ठानलाई सबै तह र तप्काबाट सहयोग गर्न पनि आग्रह गरेका छन्। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा रहेका वरिष्ठ कलाकार हरिहर शर्माले सङ्गीत र कलाले व्यक्तिलाई आत्मनिर्भर बनाउनुका साथै स्वाभिमानी बनाउन सिकाउने बताए।

कार्यक्रम प्रतिष्ठानका संरक्षक तबला गुरु एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपप्राध्यापक अच्चुतराम भण्डारीले आफूले तबलामा नै जीवन सुम्पेकाले प्रतिष्ठानमार्फत विपन्न वर्गका बालबालिकालाई निःशुल्क तबला प्रशिक्षण गराई सार्थक जीवन अगाडि बढाउन र सङ्गीतमा तबलाको इतिहासलाई अझ प्रगाढ बनाउनका लागि जीवनभर नै सक्रिय रहने बताएका छन्।

कार्यक्रममा प्रतिष्ठानमा प्रशिक्षण लिइरहेका ७ वर्षदेखि ७० वर्षसम्मका तबला प्रशिक्षार्थीले विभिन्न प्रस्तुति गर्ने गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×