२९ मंसिर, काठमाडौं । नेकपा एमालेको जारी ११औँ महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्ताको प्रक्रिया तीव्र बनेको छ।
काठमाडौंको भृकुटीमण्डपमा भइरहेको मनोनयन प्रक्रियामा नेतृ विन्दा पाण्डेले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छन्।
सक्रिय राजनीतिबाट विदा लिने घोषणा गरेकी अष्टलक्ष्मी शाक्यको प्रस्तावमा पाण्डेले उम्मेदवारी दर्ता गराएकी हुन्।
उनको उम्मेदवारीमा महेन्द्रप्रसाद श्रेष्ठ समर्थकका रूपमा छन्। पाण्डे अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलको टिमबाट उपाध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिएकी छन्।