काठमाडौँ - बलिउड सुपरस्टार शाहरुख खानले फिल्म निर्माता राजकुमार हिरानीसँगको आगामी फिल्म ‘डंकी’ को औपचारिक घोषणा गरेका छन्। शाहरुखले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गर्दै उनले फिल्मको नाम खुलाएका छन्। यो फिल्म राजकुमार हिरानीको ड्रिम प्रोजेक्ट हो। शाहरुख र राजकुमार यो फिल्म मार्फत पहिलो पटक सँगै काम गर्न लागेका हुन्।
यस फिल्ममा शाहरुख खानसँग तापसी पन्नु मुख्य भूमिकामा देखिनेछिन्। फिल्मलाई राजकुमार हिरानी, अभिजात जोशी र कनिका ढिल्लनले लेखेका हुन्। फिल्म २२ डिसेम्बर २०२३ मा सिनेमाघरमा रिलिज हुनेछ।