उत्कृष्ट अभिनेता तथा अभिनेत्री बने दीपकराज गीरी र सुरक्षा पन्त

काठमाडौँ - राष्ट्रिय चलचित्र पुरस्कारबाट दीपक राज गिरी उत्कृष्ट अभिनेता र सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री सम्मानित भएका छन्। चलचित्र विकास बोर्डले आयोजना गर्दै आएको पुरस्कार आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदान गरिएको हो।

आफ्नो ३० वर्षको चलचित्र यात्रामा दीपक राज गिरीले पहिलो पटक राष्ट्रिय सम्मान प्राप्त गरेका हुन्।

बोर्डले २०७६/२०७७ को राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरेको हो। सुरक्षा पन्तले ‘आमा’ फिल्मबाट उत्कृष्ट अभिनेत्री र ने दीपकराज गिरीले ‘छ माया छपक्कै’ बाट प्राप्त उत्कृष्ट अभिनेताको पुरस्कार पाएका हुन्। ‘आमा’ फिल्मले उत्कृष्ट फिल्मको पुरस्कार पनि जितेको छ भने यसै फिल्मबाट दीपेन्द्र के खनाल उत्कृष्ट निर्देशकको पुरस्कार हात पारे। 

यसै गरी पटकथा तर्फको पुरस्कार भने ‘जात्रै जात्रा’ का लागि प्रदीप भट्टराईले प्राप्त गरे। समारोहमा ‘जीवन काँडा कि फूल’ फिल्मबाट आस्था थापा र फिल्म ‘रातो टिका निधारमा’बाट अंकित शर्माले नव प्रतिभा सम्मान प्राप्त गरेका थिए।

कार्यक्रममा भुवन चन्द र शम्भुजित बाँस्कोटालाई दीर्घ साधना सम्मान प्रदान गरियो। दीर्घ साधना सम्मानको राशि तीन लाख ५१ हजार एक सय ११ रूपैयाँ रहेको छ। भुवनलाई २०७६ र शम्भुजितलाई २०७७ सालको दीर्घ साधना सम्मान प्रदान गरिएको हो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×