अमेरिकी विदेशमन्त्रीलाई कोरोना संक्रमण

एजेन्सी - अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनलाई कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार उहाँलाई कोरोना संक्रमण पुष्टि भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी विदेश मन्त्रालयले बुधबार जनाएअनुसार उहाँले कोरोना भाइरस विरुद्धका सबै मात्रा खोपहरु लिइसक्नुभएकोले उनलाई कुनै अप्ठेरो समस्या भने नदेखिएको यहाँका अधिकारीहरुले जनाएका छन्।

उहाँ अमेरिकाको सेन्ट्रल फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनको नियमअनुसार हाल आइसोलेसनमा रहनुभएको विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी विदेश मन्त्रालयले विदेश मन्त्री ब्लिंकेनले हाल कुनै पनि अप्ठेरो महसुश नगरेको र घरबाटै काम गर्नेगरी तयारी गरेको पनि जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×