स्वीट्जलरज्यान्डमाथि गोल वर्षा गर्दै पोर्चुगल क्वार्टरफाइनलमा

काठमाडौँ - पोर्चुगल विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ। लुसेल स्टेडियममा भएको खेलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई ६-१ को फराकिलो अन्तरले हराएको हो।

पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरेका थिए। स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थान लिएका उनले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेका थिए। जारी विश्व कपमा यो पहिलो ह्याट्रिक हो।

यस्तै राफाएल गुरेरो, राफाएल लिआअ‍ो र पेपेले १-१ गोल थपेका थिए। स्विट्जरल्यान्डका लागि म्यानुल अकान्जीले १ गोल गरेका थिए।

अब पोर्चुगलले क्वाटर फाइनलमा मोरक्कोसँग खेल्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×