वर्षाका कारण भारतका धेरै ठाउँमा विद्यालय बन्द गर्न आदेश

काठमाडौँ - अविरल वर्षाका कारण भारतका धेरै ठाउँमा विद्यालय बन्द गर्न आदेश जारी गरिएको छ। दिल्ली एनसीआरदेखि उत्तर प्रदेशको राजधानी लखनउसम्म वर्षाले नराम्ररी प्रभावित भएको छ।

भारी वर्षाका कारण नोएडा, गाजियाबाद, लखनउ र आगरा सहित यूपीका १५ भन्दा बढी जिल्लामा विद्यालय बन्द गर्न आदेश दिइएको छ। सरकारी आदेश अनुसार सोमबार सबै सरकारी तथा निजी विद्यालय बन्द रहने छन्।

गाजियाबाद प्रशासनले जारी गरेको आदेश अनुसार सीबीएसई, आईसीएसई, मदरसा शिक्षा बोर्ड र संस्कृत विद्यालयहरू पनि सोमबार बन्द रहनेछन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका धेरैजसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। वर्षा र हावाहुरी अक्टोबर १२ सम्म जारी रहनेछ।

मौसमविद् आरके जेनामानीले समाचार एजेन्सी एएनआईलाई दिल्लीको मयुर विहार क्षेत्रमा सबैभन्दा बढी वर्षा भएको बताए। तर, सोमबारपछि दिल्लीमा कम वर्षा हुने सम्भावना छ।

पछिल्लो चार दिनदेखि देशका धेरै राज्यमा भारी वर्षा भइरहेको छ। कतिपय ठाउँमा बाढीको सम्भावना रहेको छ भने अवस्था बिग्रिएको छ। दिल्ली एनसीआरमा धेरै ठाउँमा सडकमा पानी जमेको कारण आवतजावतमा निकै कठिनाइ भइरहेको छ। दिल्लीको लाहोरी गेट क्षेत्रमा एउटा भवन भत्किएको छ, जसमा धेरै मानिस हताहत भएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×