इङ्ल्यान्डले आगामी चार वर्षमा ४३ टेस्ट खेल्ने

काठमाडौँ - इङ्ल्यान्डले आगामी चार वर्षमा ४३ टेस्ट खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले घोषणा गरेको ‘फ्युचर टुर्स’अन्तर्गत  इङ्ल्यान्डले सन् २०२३ देखि २०२७ का बीचमा ४३ टेस्ट खेल्न लागेको हो।

आईसीसीले घोषणा गरेको ‘फ्युचर टुर्स’ कार्यक्रममा इङ्ल्यान्डले सर्वाधिक धेरै टेस्ट खेल्न लागेको हो। इङ्ल्यान्डले चिरप्रतिद्वन्द्वी अस्ट्रेलिया र भारतसँग ५/५ खेलको शृंखला खेल्ने छ। आईसीसीले घोषणा गरेको ४३ टेस्टमध्ये इङ्ल्यान्डले अस्ट्रेलिया र भारतसँग २० टेस्ट खेल्नेछ। यस्तै अन्य राष्ट्रसँग भने जम्मा २३ खेल खेल्नेछ।

ईसीसीले टेस्ट मान्यता पाएका १२ राष्ट्रलाई समेटेर ‘फ्युचर टुर्स’ कार्यक्रम सञ्चालन गरेको हो।

यसैगरी अस्ट्रेलियाले ४० र भारतले ४ वर्षको अवधिमा ३८ टेस्ट खेल्नेछ। यसैगरी श्रीलंका र वेस्ट इन्डिजले भने २५-२५ खेल खेल्ने छन्। अस्ट्रेलिया र भारतले ३० वर्षपछि ५ खेलको टेस्ट शृंखला खेल्न लागेको हो। यो शृंखला सन् २०२३ देखि २०२५ का बिचमा हुनेछ। यी २ राष्ट्रले सन् १९९२ मा ५ टेस्टको शृंखला खेलेका थिए। यस्तै इङ्ल्यान्ड र अस्ट्रेलियाले पनि ५ खेलको टेस्ट शृंखला खेल्नेछन्।

यस कार्यक्रमअन्तर्गत इङ्ल्यान्डले आगामी जुनमा आयरल्यान्डसँग पहिलो टेस्ट शृंखला खेल्नेछ। ४ वर्षको अवधिमा इङ्ल्यान्डले ४८ एकदिवसीय र ५१ टी-२० खेल खेल्नेछ। यसअघि आईसीसीले घोषणा गरेको ५ वर्षे कार्यक्रममा इङ्ल्यान्डले ५९ टेस्ट खेलेको थियो।

आईसीसीले टेस्ट मान्यता पाएका १२ राष्ट्रलाई समेटेर ‘फ्युचर टुर्स’ कार्यक्रम सञ्चालन गरेको हो। यो कार्यक्रमअन्तर्गत १२ वटै राष्ट्रले आगामी ४ वर्षमा टेस्ट, एकदिवसीय र टीट्वेन्टी खेलको वार्षिक क्यालेन्डर नै निर्माण गरिएको छ। यो कार्यक्रमअन्तर्गत १२ राष्ट्रले तीनै प्रारुपका ७७७ खेल खेल्ने छन्। जसमा १७३ टेस्ट, २८१ एकदिवसीय र ३२३ टी-२० खेल खेल्ने छन्। यसमा आईसीसी पुरुष टेस्ट च्याम्पियनसिप, आईसीसीका विभिन्न प्रतियोगिता र २ देशीय र त्रिदेशीय शृंखला समावेश छन्।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×