मेस्सी र फर्नान्डेजको गोलमा अर्जेन्टिना विजयी

काठमाडौँ - कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सि’ अन्तर्गतको गएराति भएको खेलमा अर्जेन्टिना विजयी भएको छ। अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोलअन्तरले पराजित गरेको हो।

समूह चरणको आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग २-१ गोल अन्तरले पराजित अर्जेन्टिनालाई नकआउट चरणमा प्रवेशका लागि आजको खेल जित्नुपर्ने बाध्यता थियो। जीतसँगै अर्जेन्टिनाले ३ अंक जोड्दै समूहमा दोस्रो स्थानमा उक्लिएको छ।

खेल पहिलो हाफमा बराबरीमा टुङ्गिएको थियो। खेलको दोस्रो हाफ अर्थात् ६४औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने खेलको ८७औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै जित सुनिश्चित गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×