काठमाडौँ। कलाकार पल शाह प्रकरणमा एकपछी अर्को कलाकारहरुले आफ्नो धारणा राखिरहेका छन्। यसैबिच कलाकार दीपकराज गिरीले पनि केहि लेखेका छन्। उनले सामाजिक सञ्जालमार्फत पीडित नाबालिग गायिकालाई सराप्न बन्द गर्न अनुरोध गरेका छन्।
उनले प्रकरणबारे लामो लेख लेख्दै थप भनेका छन् "उनले आज जे भोगिरहेकी छिन् त्यसमा हाम्रो क्षेत्र, हाम्रो संगत र हाम्रो वातावरणको दोष छ, कि छैन। मलाई यहाँ यो दोषी र यो निर्दाेष भनेर फैसला गर्नु छैन। त्यो काम मेरो हुँदै होइन।’ उनले आफ्नो लेखको शिर्षक 'छक्का पन्जा र समिक्षा' राखेका छन्।