काठमाडौँ - २० वर्षमुनिको एसियन कप छनोटमा नेपालले आज घरेलु टोली बहराइनसँग खेल्दैछ। नेपालले आज तेस्रो खेल खेल्न लागेको हो।
नेपाल र बहराइनबीचको खेल शेख अलि बिन मोहमद अल खालिफा मैदानमा राति पौने १२ बजेबाट सुरु हुनेछ। नेपालले यसअघि भुटान र कुवेतसँग हारेको थियो। पहिलो खेलमा नेपाल भुटानसँग २-० र दोस्रो खेलमा कतारसँग ३-१ गोलले पराजित भएको थियो।
छनोटको समूह ‘बी’ मा रहेको नेपाल अङ्कविहीन रहेको छ। नेपालले आउँदो आइतवार बङ्गलादेशसँग खेल्नेछ।