एजेन्सी। सफल मलयालम चलचित्र ‘अय्यप्पनम कोशियुम’को हिन्दी रिमेकको हल्लाले सामाजिक सञ्जाल तातिरहेको बेला, चलचित्रसँग सम्बन्धित केहि ठुलो खबर बाहिरिएको छ। निर्माण पक्षले चलचित्रका लागि कलाकार समेत फाइनल भइसकेको र चाँडै छायांकन गरिने जानकारी समेत सञ्चारमाध्यमलाई दिइसकेका थिए। तर, अब यो चलचित्र नबन्ने भएको छ।
खबरका अनुसार अर्जुन कपूर र जोन अब्राहम मुख्य भूमिकामा रहने भनिएको यो चलचित्रको निर्माण कार्य केहि समयलाई बन्द गरिएको छ। निर्देशक जगन शक्तिले यसो गरिनुका अनेक कारण देखाएका छन्। उनका अनुसार अभिनेता जोन हाल शाहरुख खानको चलचित्र ‘पठान’मा व्यस्त छन् र अर्जुन पनि अरु नै प्रोजेक्टमा व्यस्त छन्। सोहीकारण उनीहरुले चलचित्रलाई समय दिन सकेका छैनन्।
केहि समयअघि मात्र प्रदर्शनमा आएको दक्षिण भारतीय अभिनेता पवन कल्याणको चलचित्र ‘भीमला नायक’ सन् २०२० को मलयालम चलचित्र ‘अय्यप्पन कोशियुम’को तेलुगु भर्सन हो। मलयालम भर्सनमा पृथ्वीराज र बीजू मेनन प्रमुख भूमिकामा रहेका छन्।