सप्तरीमा भएको दुर्घटनामा परी दुईको मृत्यु

सप्तरी - सप्तरीमा छुट्टाछुट्टै घटनामा परी आज दुई जनाको मृत्यु भएको छ। सप्तरीको बोदेबरसाइन नगरपालिका–३ मधुवनमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका १८ वर्षीयको रामनरेश यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

टेबल पङ्खा पर्खालमा राखी चलाइरहेको अवस्थामा अचानक उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा भर्ना गरे पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–५ जोगिनियामा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको जनाको मृत्यु भएको छ। मोटरसाइकलको पछाडि सवार सप्तरीको  राजविराज नगरपालिका–९ मलेठ बस्ने विजय मेहताको ४० वर्षीय श्रीमती अनुराधा मेहताको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

भारदहबाट राजविराजतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ प७६२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परी घाइते भएकी उनको पनि छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसैबीच दुवै ठाउँको घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×