नेपालद्वारा पपुवा न्यूगिनी पराजित

काठमाडौँ - आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–दुईअन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको छ।  

युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपालले पपुवा न्यूगिनीलाई सात विकेटले पराजित गरेको हो।  खेलमा १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा आरिफ शेखले सर्वाधिक ५९ रनको योगदान दिए। उनले १०२ बल खेल्दै चार चौका प्रहार गरे। यस्तै कुशल भुर्तेलले ५० रनको योगदान दिए भने रोहितकुमार पौडेलले ४४ रन जोडे। 

बलिङतर्फ पपुवा न्यूगिनीका चाल्र्स अमिनीले दुई र काबुआ मोरेले एक विकेट हात पारे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन जोडेको थियो। उसका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रनको योगदान गरे भने लेगा सियाकाले २० तथा सेसे वाउले १९ रन जोडे। 

बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले दुई/दुई तथा करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले एक–एक विकेट लिए। नेपालले यसअघि पहिलो खेलमा पपुवा न्यूगिनीलाई दुई विकेटले हराएको थियो। यस्तै युएई विरुद्धको पहिलो र तेस्रो खेलमा नेपाल क्रमश : ४८ रन र ९९ रनले पराजित भएको थियो।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×