काठमाडौँ - बोरुसिया डर्टमण्ड डिएफबी पोकलको दोस्रो चरणमा प्रवेश गरेको छ। डर्टमण्ड गए राति तेस्रो श्रेणीको १८६० म्युनिखलाई ३-० ले हराउँदै दोस्रो चरणमा पुगेको हो।
डर्टमण्डलाई जित दिलाउन डोनएल मालेन, जुड बेलिङघम र करिम एडिएमीले १/ १ गोल गरेका थिए। खेलको आठौं मिनेटमा मालेनले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए। ३१ औं मिनेटमा बेलिङ्घमले टोलीको अग्रता दोब्बर बनाएका थिए।
३५ औं मिनेटमा करिमले गोल गर्दै डर्टमण्डलाई ३-० को सहज जित दिलाए हुन्।