भदौ महिनामा ११ नेपाली फिल्म हलमा आउँदै

काठमाडौँ - आउँदो महिना फिल्म रिलिजका हिसाबले सर्वाधिक ब्यस्त हुने देखिएको छ। भदौमा हरेक शुक्रबार २ वा २ भन्दा बढी नेपाली फिल्मबीच भिडन्त हुँदैछ।

११ वटा नेपाली फिल्मले भदौ महिनाका लागि प्रदर्शन मिति तोकिसकेका छन्। वर्ष २०७९ को साउनसम्म नदेखिएको फिल्म रिलिजको प्रतिस्पर्धा भदौमा देखिने भएको हो।

एकै महिनामा यति धेरै फिल्म प्रदर्शन हुने भदौ कोरोना महामारीपछिकै पहिलो महिना हुने देखिएको छ। दर्शक र फिल्मकर्मीले प्रतिक्षा र आशा गरेका केही फिल्महरु भदौमा छन्। 

भदौको पहिलो शुक्रबार हलमा एकसाथ ३ वटा नेपाली फिल्मबीच प्रतिस्पर्धा हुनेछ। त्यसपछिका हरेक शुक्रबारका लागि २-२ वटा नेपाली फिल्मले प्रदर्शन मिति तोकेका छन्।

भदौ ३ गते ‘माइकल अधिकारी’, ‘कृष्ण लीला’ र ‘प्रेमगञ्ज’ रिलिज हुनेछन्। भदौ १० गते ‘प्रकाश’ र ‘राधा’ प्रदर्शनमा आउँदैछन्।

भदौ १७ गते ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा आउनेछन् भने भदौ २४ गते ‘गोर्खाः बिनिथ द ब्रेभरी’ र ‘ऐना झ्यालको पुलती’ले प्रदर्शन मिति तोकेका छन्। भदौको अन्तिम शुक्रवार भने ‘लाखे’ र ‘बाबरी’ फिल्मबीच प्रतिस्पर्धा हुने भएको छ। 

व्यापारका हिसावले भदौ, असोज र कात्तिक महिनालाई राम्रो मानिँदै आएको छ। त्यसैले यी महिना फिल्म रिलिज गर्न निर्माताबीच तछाडमछाड हुने गरेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×