काठमाडौँ - एएफसी एसियन कप-२०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोली आज (शुक्रबार) ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दै छ। खेल नेपाली समय अनुसार राति पौने १० बजेबाट कतारको सुहिम बिन हमाद स्टेडियममा हुनेछ।
एएफसी एसियन कप छनोटका लागि दोहामा तयारी गरिरहेको नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। यसअघि नेपालले मैत्रीपूर्ण खेलमा टिमोर लिस्टको यू–२३ टोलीसँग २–२ तथा श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो।
एएफसी कपका लागि कतारमा अभ्यास पूरा गरेपछि नेपाली टिम भोलि कुवेत प्रस्थान गर्नेछ।
समूह ‘बी’ मा रहेको नेपालले २५ जेठमा जोर्डन, २८ गते कुवेत र ३१ गते इन्डोनेसियासँग खेल्नेछ।