एन्फा निर्वाचन : नेतृत्वका लागि कर्मा र पंकज मैदानमा

 काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा) का आसन्न निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले आगामी कार्यकालकाे लागि पनि अध्यक्षमा उम्मेदवारी दिने भएका छन्। देशकै ठूलाे खेल संघ एन्फाकाे निर्वाचन असार ६ गते हुँदैछ। एक महिना पछि हुने चुनावका लागि अब माहाेल बन्न थालेकाे छ। त्यसका लागि वर्तमान नेतृत्वमा रहेका कर्मा छिरिङ शेर्पाले दाेहाेर्याउन चाहेका छन्।

‘अध्यक्ष पदका लागि मैले उम्मेदवारी दर्ता शुक्रबार गर्नेछु। अन्य साथीहरुले विस्तारै गर्नुहुनेछ। केही साथीहरु जिल्ला बाहिर हुनुहुन्छ। त्यसैले विस्तारै हुन्छ’ शेर्पाले भने। निर्वाचनका लागि समय रहेकाले अरुले पनि उम्मेदवारी दिने उनले बताएका छन्।

एन्फा निर्वाचनका लागि शुक्रबारदेखि ६ दिनसम्म उम्मेदवारी दर्ता गर्ने समय रहनेछ। यस्तै चार वर्षअघि कर्मालाई साथ दिएका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले पनि यस पटक अध्यक्षमा दाबेदारी पेश गर्दैछन्। पंकजले शुक्रबार उम्मेदवारी दिने नदिने तय नभएपनि उनी पनि टिम बनाउने कसरतमा रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×