काठमाडौँ। अहिले सहिद स्मारक ए डिभिजन लिगका खेलहरू भइरहेका छन्। जसअन्तर्गत चौथो चरणका खेलहरु आज (शुक्रबार)बाट सुरु भएका छन्। आज दुई खेल हुनेछन्। दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा दशरथ रंगशाला मैदानमा मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लब भिड्दैछन् भने ४:४५ बजे त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लब आमनेसामने हुनेछन्। मनाङ तीन खेलबाट ७ अंक सहित दोस्रो स्थानमा रहेको छ भने सातदोबाटो युथ क्लब पनि तीन खेलबाट ७ अंक सहित शीर्षस्थानमा रहेको छ। त्यसैगरि आर्मी तीन खेलबाट ५ अंक सहित छैटौँ स्थानमा छ भने च्यासलले तीन खेलबाट ४ अंक जोडेको छ।