पिएसजी सान्चेजलाई भित्र्याउँने तयारिमा

काठमाडौँ - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले पोर्चुगिज मिडफिल्डर रेनाटो सान्चेजलाई भित्र्याउने करिब निश्चित भएको छ।

सन् २०१९ मा बायर्न म्युनिखबाट लियोल पुगेका २४ वर्षीय सान्चेजलाई पिएसजीले डच मिडफिल्डर जिनी विनाल्डमको स्थानमा ल्याउन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दाबी गरेका छन्।

गत वर्ष लिभरपुलबाट पेरिस पुगेका विनाल्डमलाई आगामी १ वर्षका लागि रोमाले लोनमा अनुबन्ध गरिसकेको छ। करिब २५ मिलियन युरोमा ४ वर्षका लागि लियोलमा अनुबन्धित सान्चेजको फ्रेन्च क्लबसँगको सम्झौता करिब १ वर्ष मात्रै बाँकी रहेको छ।

सान्चेजलाई फ्रेन्च हेभिवेट पिएसजीले करिब १५ मिलियन युरोमा अनुबन्ध गर्न सहमति नजिक पुगेको सञ्चारमाध्यमहरुले बताएका छन्। सान्चेज पिएसजीले यो सरुवा बजारमा भित्र्याएका चौथो खेलाडी हुन्। यसअघि भिटिन्हा, नोर्दि मुकियेले र हुगोे इकिटिकेलाई भित्र्याएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×