भारत। बलिउड अभिनेता सलमान खान अक्सर चर्चामा रहने गर्छन्। कहिले चलचित्रका कारण त कहिले व्यक्तिगत कारणले उनी चर्चामा रहने गरेका छन्। उनको प्रेमसमबन्धको चर्चा पनि बलिउडमा धेरै हुने गरेको छ। उमेरले ५० नाघिसकेका अभिनेता अहिलेसम्म वैवाहिक बन्धनमा बाँधिएका छैनन्। हालै उनी सिंगल नरहेको खबरले बलिउड सिने जगत तताएको छ।
यो कुराको खुलासा आइतबार राति प्रसारण भएको भारतीय रियालिटी शो ‘बिग बोस’को १५'को कार्यक्रममा भएको हो। जहाँ सलमानले अभिनेत्री शहनाज गिलसँग आफू सिंगल नरहेको बताएका हुन्।
कार्यक्रममा शेहनाजले उनलाई ‘तपाईं सिंगल नै राम्रो हुनुहुन्छ’ भनेर सोध्दा सलमानले जवाफमा आफू सिंगल नभएको बताएका हुन्। उनले भने, ‘जब सिंगल हुन्छु, तब राम्रो हुन्छ।’ सलमानको सो जवाफले सबैजना छक्क परेका छन्।