विश्वकप फुटबल: उपाधि दाबेदार अर्जेन्टिनालाई साउदीको चुनौती

काठमाडौँ - कतारमा जारी विश्वकप फुटबलमा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना आफ्नो विश्वकप अभियानको सुरुवात गर्दैछ। मंगलबार आफ्नो समूहको पहिलो खेलमा मेसी प्रेरित अर्जेन्टिनाले साउदी अरेबियासँग भिड्न लागेको हो।

समूह सी अन्तर्गत हुने खेल दिउँसो ३ः१५ मा लुसाइल स्टेडियममा हुनेछ। लियोनल मेसीको कप्तानीमा मैदान उत्रिएको अर्जेन्टिना कतार विश्वकपमा सानदार सुरुवात गर्ने लक्ष्यमा रहेको छ। ७ पटकको बालोन डीुओर विजेता मेसी पछिल्लो समयको आफ्नो उत्कृष्ट फर्मलाई कायम राख्दै विश्वकपको उपाधि जित्ने प्रयासमा छन्।

अर्जेन्टिना ३६ खेलमा अपराजित रहेकाले निरन्त अपराजित यात्राको कीर्तिमानलाई कायम राख्दै आफ्नो दबदबाका लागिपनि साउदीमाथि फराकिलो जितको प्रतिक्षामा हुनेछ। २०१९ मा कोपा अमेरिकामा ब्राजिलसँग पराजित भएपछि अर्जेन्टिनाले हार व्यहोरेको छैन।

लियोनेल स्कोलानीको अर्जेन्टिना विश्वकप छनोटमा समेत अपराजित रहेको थियो। एसियन पावरका रुपमा रहेको साउदी पनि बलियो राष्ट्र अर्जेन्टिनालाई रोक्दै विश्वकपमा इतिहास रच्न चाहन्छ। तर, साउदीका लागि लयमा रहेको अर्जेन्टिना विरुद्व जित निकाल्न सहज भने हुने छैन्।

साउदीले २०१८ को विश्वकपको उद्घाटन खेलमा रुससँग खेलेको थियो। जहाँ साउदी ५-० को फराकिलो हार व्यहोरेको थियो। तर, यो पटक बलियो अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्दा तुलनात्मक रुपमा साउदी रक्षात्मक हुने छ।

अर्जेन्टिना र साउदी अरेबिया बिच अहिलेसम्म ४ खेल भएको छ भने साउदी जितिविहिन रहेको छ। अर्जेन्टिनाले २ खेलमा जित निकाल्दा २ खेल बराबरीमा सकिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×