नेपाल टस जितेर ब्याटिङमा

काठमाडौँ - युगान्डाविरुद्धको तेस्रो टी २० खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरकाे त्रिवि मैदानमा नेपाली टिमलाई आजको खेल जित्दै पर्ने दबाब छ। पहिलो खेलमा १२ रनले पराजित भएको नेपाल दोस्रो खेल एक विकेटले हार्न पुगेको थियो। 

आजको खेल पनि नेपालले हारेको खण्डमा दुई खेल अगावै सिरिज गुमाउने भएको छ। त्यसकारण पनि नेपाललाई जित्दै पर्ने दबाब छ।
आजको खेलमा तीन खेलाडी परिवर्तन गरिएको छ। जसमा काजल, अप्सरी, कविता सुरुवाती ११ बाट बाहिरीदा ज्योती, रोमा र संगिताले टिममा स्थान बनाएका छन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×