काठमाडौँ - बालबालिकाको गायन रियालिटी शो सारेगमप लिटिल च्याम्प्सकी विजेता कृपा पौडेलको नयाँ गीत सार्वजनिक भएको छ।
‘तिमीसँग एकछिन’ बोलको गीतमा मन्दिरा ढुंगेलको शब्द, कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेन्ज रहेको छ।
राजीव लोहनीले निर्देशन गरेको गीतको भिडियोमा कृपाका साथै सुप्रवराज जोशी, कृष्ण लोहनी, सोनाली शिल्पकार र भवानी शिल्पकारले अभिनय रहेको छ। भवानी शिल्पकारले खिचेको भिडियोलाई निनय दाहालले सम्पादन गरेका छन्।