पाकिस्तानका अन्तराष्ट्रिय खेलाडी तालात विराटनगरमा अनुबन्धित

काठमाडौँ - काठमाडौँमा आगामि पुष ८ गतेबाट सुरु हुने नेपाल टी-२० लिगमा सहभागी विराटनगर सुपर किंग्सले पकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी हुसैन तलातलाई अनुबन्ध गरको छ।

विराटनगरले आज सूचना जारी गर्दै पाकिस्तानको अन्तराष्ट्रिय टिमबाट खेलिसकेका तलातलाई अनुबन्ध गरेको जानकारी दिएको हो। उनले बल र ब्याट दुवैबाट आउँदो प्रतियोगितामा प्रभाव पार्न सक्नेछन्। उनी हाम्रो किनै महत्वपूर्ण सदस्यका रुपमा रहने विराटनगरले बताएको छ।

यससँगै तलात।उसले अनुबन्ध गरेको पहिलो विदेशी खेलाडी भएका छन्। रोहित पौडेल मार्की रहेको टिमअन्तर्गत क्याटगोरी बीमा अर्जुन साउँद, नन्दन यादव, विवेक यादव र शाहब आलम छन्।

त्यस्तै क्याटागोरी सीका नारायण जोशी, सूर्य तामाङ, अमर सिंह रौटेला, प्रदिप ऐरी, पृथु वास्कोटा र रेजिन ढकाल पनि टिममा रहेका छन्। सुपर किंग्सले २४ डिसेम्बरमा पहिलो खेल लुम्बिनी अल स्टारसँग खेल्ने तालिका रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×