सलमान खानमाथि कुटपिटको आरोप

काठमाडौँ - बलिउड अभिनेता सलमान खानको नाम थुप्रै नायिकासँग गाँसिने गरेको छ। थुप्रैसँग उनको प्रेम भएको पनि भन्ने गरिन्छ। यद्यपि सलमान हालसम्म अविवाहित छन्।

यसपटक भने सलमानको तिनै भूतपूर्वमध्येकी एक प्रेमिकाले संकट सिर्जना गरेकी छिन्। कुनै समय सलमान पाकिस्तानी अभिनेत्री सोमी अलीसँग प्रेममा थिए। अहिले सोमीले इन्स्टाग्राममार्फत सलमान खानमाथि कुटपिटको आरोप लगाएकी छिन्।

सोमीको आरोप यतिमै सीमित छैन। उनले सलमानको पोस्टर शेयर गर्दै लेखेकी छिन्, 'उसको पूजा गर्न बन्द गर। ऊ अरूलाई तनाव दिने बिरामी व्यक्ति हो। जसको बारेमा मानिसहरूलाई अझैसम्म थाहा छैन।'

हुन त सोमीले सलमानमाथि लगाएको यो पहिलो आरोप पनि होइन। यसअघि सन् २०२२ को सुरुवातमै उनले सलमानमाथि 'बलिउडको हार्वे विन्स्टिन' भएको आरोप लगाएकी थिइन्। हलिउड अभिनेता हार्वे विन्स्टिनमाथि त्यसबेला थुप्रै महिलाहरूले कुटपिट तथा बलात्कारको आरोप लगाएका थिए।

सोमीका अनुसार सलमान उनको पहिलो प्रेमी थिए। तर ऐश्वर्या रायको आगमनसँगै यी दुईको ब्रेकअप भएको थियो।

यी दुईले सँगै 'बुलन्द' फिल्ममा काम गर्ने पनि तय भएको थियो। जसका लागि यी दुवै नेपाल पनि आएका थिए। तर निर्मातासँग झगडा परेपछि फिल्म बनेको थिएन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×