'विक्रम वेधा’बाट सैफअली खानको पहिलो झलक सार्वजनिक

भारत। निर्माणाधीन बलिउड चलचित्र 'विक्रम वेधा’बाट अभिनेता सैफअली खानको पहिलो झलक सार्वजनिक गरिएको छ। 'विक्रम वेधा' आर माधवन र विजय सेतुपति अभिनित दक्षिण भारतीय चलचित्र 'विक्रम वेधा'को आधिकारिक हिन्दी रिमेक हो। 

जनवरीमा अभिनेता ऋतिक रोशनको जन्मदिनको उपलक्ष्यमा उनको पहिलो झलक सार्वजनिक गरिएको थियो। अब निर्माणपक्षद्वारा सैफअली खानको पहिलो झलक सार्वजनिक गरिएको छ। चलचित्रमा सैफ ‘विक्रम’को भूमिकामा छन् भने ऋतिक 'वेधा'को भूमिकामा देखिनेछन्। एक्सन तथा क्राइम थ्रिलर विधामा आधारित चलचित्रमा एक प्रहरी र एक ग्याङस्टारको कथा देखाईनेछ।

गुल्सन कुमार, टी सिरिज र रिलायन्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई पुष्कर र गायत्रीले निर्देशन गरेका हुन्। चलचित्र यो वर्षको सेप्टेम्बर ३० मा प्रदर्शनमा आउने तयारीमा रहेको छ।

 


 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×