सर्ट फिल्म (वेब सीरीज) ‘इज्जत’ यूट्युबमार्फत सार्वजनिक

काठमाडौँ - आरके मानन्धर तथा राजुकुमार भूजुको संयुक्त निर्देशनमा बनेको सर्ट फिल्म (वेब सीरीज) ‘इज्जत’ यूट्युबमार्फत सार्वजनिक भएको छ। आरके मान्धरकै कथा, पटकथा तथा संवादमा तयार भएको ‘इज्जत’ सामाजिक विषयवस्तुमा आधारित रहेको छ।

खासगरी २ परिवारको कथा प्रस्तुत गरिएको इज्जतमा एउटा परिवारका बाबु-आमा विदेश गएको सन्तानको फोनको पर्खाइमा व्यग्र छन्। सन्तानले लामो समयसम्म विदेशबाट फोन नगरेपछि मोबाइल नै मर्मत गर्न जान्छन्। धेरै दिनसम्म छोराको समेत फोन नउठेपछि निराश हुँदै घर फर्किँदै गरेका बाबु बाटोमै दुर्घटनामा पर्छन्।

‘इज्जत’ चित्रण गरिएको दोस्रो परिवारमा भने आफ्नो इज्जतका लागि खेत बेचेर भए पनि छोरालाई विदेश पठाउन तयार भएको परिवारको कथा रहेको छ।

यो सर्ट फिल्ममार्फत समाजमा इज्जतकै लागि ठूलो रकम खर्च गरेर पनि सन्तानलाई विदेश नै पठाउनु पर्छ भन्ने सामाजिक विकृतिको पाटोलाई उजागर गर्नुका साथै पढाइको सिलसिलामा विदेशिने युवा र विदेशिएपछिको परिणामलाई प्रस्तुत गरिएको छ।

सर्ट फिल्ममा राजुकुमार भूजु, आरके मानन्धर तथा सिरु विष्टको अभिनय रहेको छ। सर्ट फिल्ममा भूमिका गिरी, अमन श्रेष्ठ, उत्तम कोदे, श्रिया बोहरा, अधिप मानन्धर, प्रशान्त अर्याल, अनुप अर्याल, अनुप थापा आदि कलाकारको पनि अभिनय रहेको छ।

रामेश्वर हुमागाईंको छायांकन तथा रविन भट्टको सम्पादन रहेको ‘इज्जत’ आरके एण्ड आरके इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। निर्माता आरके मानन्धर र सीता मानन्धर यो सर्ट फिल्मका निर्माता रहेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×