राधा पौडेलको पुस्तक ‘खलंगामा हमला’माथि फिल्म बन्ने

काठमाडौँ - मदन पुरस्कार विजेता उपन्यास ‘खलंगामा हमला’माथि फिल्म बन्ने भएको छ। लेखक राधा पौडेल र फिल्म निर्देशक विनोद विष्टले उक्त पुस्तकमाथि फिल्म बनाउने घोषणा गरेका हुन्।

फिल्मलाई बिनोद बिस्टले निर्देशन गर्दैछन्। यसअघि उनले झमक घिमिरे कृत पुस्तक ‘जीवन काँडा कि फुल’ माथि आधारित फिल्म बनाएका थिए। उक्त फिल्मले व्यवसायिक रूपमा सफलता नपाए पनि समिक्षकले भने राम्रै प्रतिक्रिया दिएका थिए। 

‘पुस्तक अध्ययन गर्दा खलंगामा हमला मन पर्यो,’ निर्देशक बिष्टले भने, ‘किताबमा धेरैले अप्रोच गरेका छन्, मैले चाहिँ यसमाथि फिल्म बनाउने निर्णय गरेको छु।’

फिल्मको स्क्रिप्टमा भने काम हुन बाँकी छ। ‘८ महिना स्क्रिप्टमा लाग्ने छ। छायांकन गर्ने ठाउँबारे पनि अवलोकन गर्न अब निस्कन्छौँ। स्क्रिप्ट फाइनल भएपश्चात् कलाकार फाइनल हुन्छ,’ निर्देशक विष्टले भने। 

लेखक पौडेलले भने ‘जीवन काँडा कि फूल’ निर्माण गरिसकेका निर्देशकलाई आफ्नो पुस्तकमाथि फिल्म बनाउन दिन पाउँदा आफू खुसी भएको बताइन्। ‘अब नयाँ माध्यमबाट दर्शकमाझ कथा पुर्‍याउने कोसिसमा छौँ,’ उनले भनिन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×