बक्सअफिसमा राम्रो कमाई गर्ने यि अभिनेत्री

काठमाडौँ। बलिउड अभिनेत्री आलिया भट्ट अहिले चलचित्र ‘गंगूबाई काठियावाडी’लाई लिएर चर्चामा छिन्। यो फिल्मले बक्सअफिसमा सय करोड बढी कलेक्सन गरिसकेको छ। यसअघि अभिनेत्री दीपिका पादुकोणसम्मका चलचित्रले बक्सअफिसमा सय करोडको स्वाद चाखिसकेका छन्।

सञ्जय लिला भन्साली निर्देशित चलचित्रले हालसम्म एक सय १८ करोड बढी कलेक्सनमै भारतमै गरिसकेको छ। यसअघि नै चलचित्रले विश्वव्यापी रुपमै सय करोडको आँकडा छोइसकेको छ। सन् २०१७ मा रिलिज सञ्जय लीला भन्साली निर्देशित चलचित्र ‘पद्मावत’ले पनि बलिउडमा धमाकेदार कमाई गरेको थियो। अभिनेत्री दीपिका पादुकोण अभिनित चलचित्रले बक्सअफिसमा ३ सय २ करोडको कारोबार गरेको थियो।

विद्या वालन, तापसी पन्नु, सोनाक्षी सिन्हा, नित्या मेनन र कीर्ति कुल्हाडी अभिनित चलचित्र ‘मिसन मंगल’ले बक्सअफिसमा दुई सय २ करोडको कमाई गरेको थियो। अक्षय कुमार पनि रहेको चलचित्र ६ महिला वैज्ञानिकको कथा समेटेको छ।अभिनेत्री कंगना रनावत र अभिनेता माधवनको चलचित्र ‘तनु वेड्स मनु २’ ले अघिल्लो संस्करण जस्तै बक्सअफिसमा धमाकेदार कमाई गरेको थियो। ‘तनु वेड्स मनु’ले बक्सअफिस १ स्य ५० करोडको कलेक्सन गरेको थियो।

अभिनेत्री श्रद्धा कपुर स्टारर हरर कमेडी चलचित्र ‘स्त्री’ बक्सअफिसमा सुपरडुपर हिट भएको थियो। चलचित्रले बक्सअफिसमा १ सय ३० करोडको कमाई गरेको थियो। अभिनेत्री आलिया भट्ट र अभिनेता विक्की कौशल स्टारर निर्देशक मेघना गुलजारको चलचित्र ‘राजी’ सन् २०१८ मा रिलिज भएको थियो। चलचित्लेरले बक्सअफिसमा १ सय २३ करोड रुपैंयाँ कलेक्सन गरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×