काठमाडौँ - नेदरल्याण्ड्स कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। गएराति भएको खेलमा कतारलाई २-० ले हराउँदै नेदरल्याण्ड्स समूह विजेता बन्दै विश्वकप नकआउट चरणमा पुगेको हो।
नेदरल्याण्ड्सलाई जित दिलाउन कोडी गाग्पो र फ्रेन्की डी योङले १-१ गोल गरेका थिए। यो जितसँगै नेदरल्याण्ड्सले ३ खेलमा ७ अंक जोड्यो। पुछारमा रहँदै बाहिरिएको कतारले ३ खेलमा अंक जोड्न सकेन।