अल्लू अर्जुनसँग काम गर्ने इच्छा छ आलियाको

भारत। दक्षिण भारतीय कलाकार अल्लू अर्जुनले चलचित्र 'पुष्पा' प्रदर्शनमा आएपछी विश्वव्यापी रूपमा लोकप्रियता कमाएका छन्। सोहि कारण बलिउडका नाम चलेका कलाकारहरु समेत उनीसँग चलचित्र खेल्न चाहन्छन्।

बलिउड अभिनेत्री आलिया भट्ट पनि अल्लू अर्जुनको ठुलो प्रशंसक रहेकी छिन्।  आलिय तेलुगू चलचित्र ‘आरआरआर’ मा भने देखिदैछिन् तर उनलाई अल्लूसँग काम गर्ने प्रवल इच्छा छ। उनले भनिन्, ‘मैले परिवारसँग ‘पुष्पा’ हेरेको थिएँ। म अल्लू अर्जुनको फ्यान भएँ। मलाई परिवारले अल्लू अर्जुनसँग काम गर्न दबाब दिइरहेका छन्।’

‘पुष्पा : द राइज’ले हिन्दी भाषा (डब) मा मात्र सय करोड भन्दा बढीको व्यापार गरेको छ। त्यसैगरि संसारभर तीन सय करोड भन्दा बढीको व्यापार गरेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×