महिला राष्ट्रिय भलिबलः उपाधिका लागि पुलिस र एपीएफ भिड्दै

काठमाडौँ - बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्दैछन्।

शनिबार कीर्तिपुरस्थित मल्टी प्रपाेज कभर्डहलमा हुने फाइनल खेल अपराह्न ३ बजेबाट सुरु हुनेछ। लिग चरणमा अपराजित भएको पुलिस आजको खेलमा जित निकाल्न चाहन्छ।

यता लिग चरणमा पुलिससँग पराजित भएको एपीएफ फाइनलमा हराएर उपाधि आफ्नो पक्षमा पार्ने दाउमा रहेको छ। त्यस्तै शनिबार नै तेस्रो स्थानको लागि आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लब र परोपकार आदर्श माविबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउसो १ बजेबाट सुरु हुनेछ।

प्रतियोगिताको विजेताले ५ लाख नगद प्राप्त गर्दा उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने छन्।  त्यस्तै तेस्रोले १ लाख २५ हजार र चौंथोले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×