विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आठ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन्। झापामा सबैभन्दा बढी पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा मोरङ र पाँचथरमा एक/एक जना सङ्क्रमण पुष्टि भएको हो।
सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा सात जना र ७० जनाको ऐन्टिजेन परीक्षण गर्दा एक जनामा कोरोना सङ्क्रमण देखिएको हो। प्रदेशमा आजै पाँच महिलासहित १७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने अझै प्रदेशमा १०२ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।