काठमाडौँ - आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसिय शृङखलाको अन्तिम खेलमा नेपालले घरेलु टीम अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।
ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९ः१५ बजेबाट सुरु हुनेछ। तेस्रो खेलमा ओमानलाई ७ विकेटको सहज रुपमा पराजित गरेको नेपाल आजको खेलमा घरेलु टीमलाई हराउँदै लगातार दोस्रो जित निकाल्न चाहान्छ।
शृङखला अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपाल र अमेरिकाबीचको खेल रोमाञ्चक रुपमा टाई भएको थियो।
हालसम्म नेपाल र आमेरिका ओडीआईमा पाँच खेलमा आमने सामने भएका छन्। जसमा ३ खेल नेपालले जितेको छ। १ खेलमा अमेरिकाले जित निकालेको छ।
अमेरिका २३ खेलमा १० जित र १२ हारका साथ २१ अंक जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ। नेपाल १५ खेलमा ७ जित र ७ हारको नतिजासहित १५ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ।
ओमान लिग अन्तर्गत आफ्नो ३६ वटै खेल सक्दै २१ जित र १३ हारको नतिजासहित ४४ अंक जोड्दै तालिकाको शिर्ष स्थानमा रहेको छ।