काठमाडौँ - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज टी-२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा युगान्डाको सामना गर्दैछ। पाँच खेलको सिरिजको अन्तिम खेल आज हुन लागेको हो।
सिरिज गुमाइसकेको नेपालले त्रिवि क्रिकेट मैदानमा अन्तिम खेलमा युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्नेछ। नेपाल र युगान्डाबीचको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ। आज दुवै टोली सिरिजको सुखद् अन्त्यको खोजीमा हुनेछन्। सिरिजमा ३-१ ले पछि परेको नेपाल आजको खेल जित्दै ३-२ को अवस्थामा पुग्ने लक्ष्यसाथ मैदानमा हुनेछ।
सिरिजको शुरुआती तीन खेल लगातार हारेको नेपाल चौथो खेलमा भने विजयी भएको थियो।