म्याग्दीका धार्मिकस्थल तातोपानीको चहलपहलमा वृद्धि

काठमाडौँ - म्याग्दीका धार्मिक पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ।

कोभिड सङ्क्रमण घट्दै गएपछि जिल्ला प्रशासन कार्यालयले धार्मिकस्थल फागुन १ गतेबाट खुला गरेसँगै धर्मावलम्बीहरुको चहलपहल बढेको हो।त्यसैगरी प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको बेनी नगरपालिका– ४ सिङगा तातोपानीमा डुबेर उपचार लिनका लागि पनि बिरामी आउन थालेका छन्। कोरोना सङ्क्रमण कम भएकाले सबै धार्मिकस्थलमा भक्तजनको लागि पूजा गर्न खुला गरिनुका साथै स्वास्थ्य मापदण्ड पालना गरी धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलमा आउजाउ गर्न थालेपछि चहलपहल बढेको हो।

म्याग्दीको गलेश्वर शिवालय धाममा लामो समयको बन्दपछि धार्मिकस्थल खुला गरिएकोले भक्तजनको भीड लागेको गलेश्वर क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिएका छन्। गलेश्वरमा सोमबार र शनिबार करिब दुई सयजना भक्तजन पूजा गर्न मन्दिरमा आएको उनले बताए। भक्तजनको चहलपहल बढेसँगै कोरोना कहरले थलिएको  पर्यटन व्यवसायीले राहतको महसुस गरेका छन्। प्रसिद्ध धार्मिकस्थल गलेश्वर धाम, महारानी थान, बेनी शिवालय, स्थानीय मठ मन्दिरलगायतका धार्मिक, ऐतिहासिक पर्यटकीयस्थलमा चहलपहल बढेको छ।

कोरोना जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य पालना गरी मन्दिरमा पूजाको व्यवस्था गरिएको कोषका कार्यालय सचिव बानियाँले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×