काठमाडौँ - काठमाडौँको बिजेश्वरी करिडोर क्षेत्रमा मोटरसाइकल र स्कुटर जुध्दा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धादिङ घर भई हाल काठमाडौं बस्ने ३५ वर्षीय हरि दुवाडी रहेको प्रहरीले जनाएको छ। बुधबार बिहान बा ८५ प ५०६० नम्बरको मोटरसाइकल र बा ९४ प ६१२३ नम्बरको स्कुटर आपसमा ठोक्किदा दुवाडी गम्भिर घाइते भएका थिए। प्रहरीका अनुसार उनको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
स्कुटरको पछाडि सवार रहेका विनोद दुवाडी पनि घाइते भइ उपचारका क्रममा छन्। मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।