काठमाडौं, संखुवासभा र बारबर्दियाबाट मृत अवस्थामा फेला 

काठमाडौं - संखुवासभाको भोटखोला गाउँपालिका–४ सिब्रुङ बस्ने ढक बहादुर तामाङकी छोरी १५ वर्षीया रितुमाया तामाङ सोही ठाउँस्थित छिलिम भिरमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । गत बुधबार दिउँसोदेखि घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । 

काठमाडौंको गोकर्णेश्व र नगरपालिका–२ पाखाथोकस्थित आफ्नै जस्ताको टहरामा ३० वर्षीया सम्झना सापकोटा गएराति मृत अवस्थामा फेला परेकी छन् । यसैगरी काठमाडौं महानगरपालिका–१२ टेकुस्थित फोहोर मैलाको पुलमुनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

बर्दियाको बारबर्दिया नगरपालिका–१० स्थित तुलानाथ सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×