काठमाडौँ। साहित्यकार बुद्धिसागरको कृती ‘कर्नाली ब्लूज’ अंग्रेजीसँगसँगै अरबिक भाषामा समेत अनुवाद हुने भएको छ। लेखकले सामाजिक सञ्जालको मार्फतबाट यो कुराको बताएका हुन्। सञ्जालमा उनले अनुवादक सहितको तस्विर राख्दै आफूलाई अरबिक नआए पनि अनुवादपछिको मिठास अहिले नै महसुस भइरहेको जनाएका छन्। पुस्तक मोरक्कोकी लेखक, कवि सोउकैना हबिबल्लाहले अनुवाद गर्ने भएकी हुन्। त्यसैगरि पुस्तकको अंग्रेजी अनुवाद पेनगुइन पब्लिकेशनबाट प्रकाशन भई आगामी डिसेम्बरमा सार्वजनिक हुनेछ।