हुम्ला - हुम्लाको मतदान केन्द्रमा झडप हुँदा मतदान अधिकृत कृष्ण प्रसाद आचार्य घाइते भएका छन्। घाइते अधिकृतलाई लिनका लागि सुर्खेतबाट सेनाको हेलिकप्टर हुम्ला तर्फ प्रस्थान गरेको छ।
मतदान स्थलमा ढुंगामुडा हुँदा मतदान अधिकृत आचार्य सहित कार्यालय सहयोगी कला रोकाय पनि घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले जानकारी दिएका छन्। उनले घाइतेहरूलाई सुर्खेत ल्याएर उपचार गरिने जानकारी दिएका छन्।
मतदानका क्रममा एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली समेत चलाएको थियो। घटना माथिल्लो हुम्लाको चंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा भएको हो।