काठमाडाैँ - एन्डी मुर्रेले फ्रेन्च ओपन नखेल्ने भएका छन्। चोटबाट निकाे भएर पुन: मैदानमा देखिएका मुर्रेले वुम्बल्डनको तयारीका लागि भनेर फ्रेन्च ओपनबाट नाम फिर्ता लिएका छन्।
३५ वर्षिय बेलायती स्टार टेनिस खेलाडी मुर्रेले तीन पटक ग्रान्डस्लाम उपाधि जितिसकेका छन्। मुर्रे २०२० को फ्रेन्च अोपनमा पहिलो चरणबाटै बाहिरिएका थिए। ग्रास कोर्टमा हुने विम्बल्डन जुन २७ देखि सुरु हुनेछ।