भ्वाइस अफ नेपालको चौथो सिजन आजदेखि, शोको पूर्वसन्ध्यामा प्रिमियर

काठमाडौँ - टेलिभिजन गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन-४ को ग्राण्ड प्रिमियर गरिएको छ। टीभीमा प्रसारण हुने पूर्वसन्ध्यामा वान सिनेमाज् हलमा ग्राण्ड प्रिमियर भएको हो। यो रियालिटी शो आज (शुक्रबार) राति ८ बजेदेखि हिमालय टीभीबाट प्रसारण हुँदैछ।

प्रिमियरमा विज्ञापनदाता, सञ्चारकर्मी र भ्वाइसका कोचहरु उपस्थित रहेका थिए। प्रिमियरमा कोचहरु राजेशपायल राई, प्रमोद खरेल र प्रविशा अधिकारी उपस्थित रहेका थिए। जापान जाने तालिका भएकाले राजु लामा उपस्थित नभएको निर्देशक लक्ष्मण पौडेलले जनाएका छन्।

द भ्वाइसको चौथो सिजनको पहिलो भाग हेरिसकेपछि उपस्थित अतिथिले पहिलेका सिजनभन्दा यसपटक अझ मज्जा आएको प्रतिक्रिया दिएका छन्। राजेशपायल र प्रविशा नयाँ कोचको रुपमा रियालिटी शोमा भित्रिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×